नियम ३३
साल तमाममा बाँकी रकम फिर्ता दाखिला गर्ने की रकम फिर्ता दाखिला गर्ने
आर्थिक वर्ष भित्र खर्च नभई बाँकी रहन आएकोे रकम देहाय बमोजिम फिर्ता दाखिला गर्नु पर्नेछः–
(क) फ्रिज नहुने बजेट उपशीर्षक प्रत्येक वर्ष महालेखा नियन्त्रक कार्यालयले तोकिदिनेछ । त्यसरीे फ्रिज नहुने भनी तोकेको उपशीर्षकहरूको हकमा बाहेक साल तमाम हुनु भन्दा कम्तीमा सात दिन अगाडि नै सम्बन्धित कार्यालयले भुक्तानी दिनु पर्ने रकमहरू भुक्तानी दिई आर्थिक कारोवार बन्द गर्नु पर्नेछ यसरी आर्थिक कारोवार बन्द गरेपछि निकासा र खर्चको लेखा अद्यावधिक गरी बा“की रहेको रकम सम्बन्धित कार्यालयले सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयमा फिर्ता गर्नु पर्नेछ ।
(ख) साल तमाम हुनु भन्दा कम्तीमा पा“च दिन अगाडि सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयले जिल्लास्थित सबै कार्यालयले खण्ड (क) बमोजिम गरे वा नगरेको निरीक्षण गरी नगर्ने कार्यालयको हकमा तुरुन्त गर्न लगाउनु पर्नेछ र नभए बैङ्क खाता रोक्का राख्नु पर्नेछ ।
(ग) खण्ड (क) को समय पछि पनि कार्यालयलाई अति आवश्यक काम परी खर्च गर्नु परेमा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयबाट स्वीकृति र निकासा लिई भुक्तानी गर्नु पर्नेछ ।
(घ) प्रत्येक कार्यालयले लेखा अद्यावधिक राखे वा नराखेको, आवश्यक विवरणहरू तयार गरे वा नगरेको सम्बन्धमा सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयले आकस्मिक निरीक्षण गरी सो बमोजिम गरेको नदेखिएमा तुरुन्त गर्न लगाई तालुक कार्यालय र महालेखा नियन्त्रक कार्यालयमा प्रतिवेदन दिनु पर्नेछ ।